Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तटबन्धका लागि खनिएको खाल्डोमा डुबेर सर्लाहीमा दाजुभाइकाे मृत्यु

जनकपुरधाम । खाल्डोमा जमेको पानीमा डुबेर सर्लाहीमा एकै परिवारका दुई दाजुभाइले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा सर्लाहीको पर्सा गाउँपालिका-४ बस्ने नागेन्द्र महतोका १२ का छोरा प्रिन्स महतो र वर्ष १० का दिपु महतो रहेका छन् ।

शनिबार साँझ ५ बजे घरबाट खेल्न निस्केका उनीहरु साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा राति १२ बजे घरबाट करिब ५०० मिटरमा रहेको बाँके खोलाको तटबन्धका लागि खनेको खाल्डोमा मृत फेला परेका हुन् ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077