Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कांग्रेस महामन्त्री थापाको प्रश्न – हामीले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैनौ भने राजनीति गर्नुको के अर्थ ?

    कांग्रेस महामन्त्री थापाको प्रश्न – हामीले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैनौ भने राजनीति गर्नुको के अर्थ ?

    अनलाइन नेपाल
  • शनिबार, २३ असार २०८०
  • 933
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति चिन्ता प्रकट गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले आत्महत्याका घटना बढेकोप्रति हामीले राजनीति गर्नुको के अर्थ भन्दै प्रश्न गरेका छन् । महामन्त्री थापाले मुलुकको आर्थिक सामाजिक र राजनीति अवस्थाले पनि जनतामा निराशा पैदा गरेको उनको भनाइ छ ।



    महामन्त्री थापाले भने,’हामीले गरेको राजनीतिले युवाहरू आफ्नै मनसँग लडी रहँदा उनीहरूलाई सहारा दिन सक्दैन भने, बाँच्ने आशा दिन सक्दैन त्यो राजनीतिको के अर्थ ? खै हामीले समाजको आवश्यकता बुझेको ?’



    आत्महत्या रोकथामको लागि ठोस कदम नचाल्ने हो भने भविष्यमा थप क्षति बेहोनुपर्नेमा थापाले सचेत गराएका छन् ।

    मानसिक स्वास्थ्य सम्बन्धी चेतना, परामर्श र उपचार स्थानीय निकायबाट हुने गरी सामान्य व्यक्तिको पहुँच पुग्ने संयन्त्र निर्माण गर्नुपर्नेमा थापाको जोड रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार