Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेले अहिले बिहान ११ बजे प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउनेबारे छलफल गर्ने छन् । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिएसम्म संसद चल्न नदिने पार्टीको अडान यथावत् रहेको बताए।

प्रचण्डले गत असार १८ गते आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक भारतको राजधानी दिल्ली गएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए।

सिंहको जीवनकथामा आधारित पुस्तक विमोचनमा प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीको स्पष्टीकरण माग गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिले देशको सार्वभौमिकता कमजोर बनाएको उसले निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077