Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गल्ती प्रधानमन्त्रीकै हो, प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको बताएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीप्रति संसदमा प्रतिपक्षको आक्रोश स्वाभाविक नै भएको प्रतिक्रिया दिए ।

‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ’, उनले भनेका छन्, ‘सत्तारूढले नै प्रश्न गरेका छौं, प्रतिपक्षको त मूल कर्तव्य नै हो।’

शर्माले नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्ने हो भन्दै मित्रराष्ट्रलाई मित्रताकै सिमामा राख्ने कर्तव्य प्रधानमन्त्रीकै भएको समेत बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077