Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य, कांग्रेसको प्रस्ट विमति छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको विवादास्पद अभिव्यक्ति आलोचनायोग्य रहेको बताएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरूले बुधबार संघीय संसद्का दुवै सदन अवरुद्ध पारेपछि प्रधानमन्त्री दाहालको अभिव्यक्ति आलोचनायोग्य भएको बताए । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट रुपमा विमति रहेको उनको भनाई छ ।

उनले नेपालको प्रधानमन्त्रीले नेपालको संसदप्रति उत्तरदायी हुनुपर्ने र नेपालको राष्ट्रिय सम्मानलाई अभिवृद्धि गर्न सक्नुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय सरदार प्रितम सिंहले मेहनत गरेको भन्दै केही दिनअघि विवादास्पद अभिव्यक्ति दिएपछि बुधबारको संसद्‍ बैठकमा उनको कडा विरोध भएको थियो । उनको अभिव्यक्तिकै कारण बुधबार एमाले लगायतका दलले विरोध जनाएपछि संसद्‍ अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077