Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले‍को अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

बुधबार अपराह्न ४ बजे बसेको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

बैठकको सुरुमा बोल्दै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीले बोलेको कुराले नेपालको स्वाभिमानलाई ठेस पुगेको भन्दै नैतिकताको आधारमा राजीनामा मागेका थिए।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, रास्वपा र राप्रपा सांसदहरूले अवरोध गरेका हुन् ।

गत सोमबार राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्रीले दाहालले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटकपटक दिल्ली धाएको अभिव्यक्ति दिएका थिए।

प्रचण्डको सोही अभिव्यक्तिलाई लिएर एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077