Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बस्नेतलाई

    काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बस्नेतलाई

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका सहसचिव जितेन्द्र बस्नेत काठमाडौंका प्रमुख जिल्ला अधिकारी भएका छन्।

    मंगलबार बसेको मन्त्रिपरिषद बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो।



    उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरूवा गरेको हो।



    बस्नेत ८ वर्षअघि सहसचिव बनेका थिए । यसअघि बस्नेत राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक, गोरखा, चितवन, पर्साका प्रमुख जिल्ला अधिकारी भइसकेका छन‍्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार