Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति विरोध जनाउँदै एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । एमालेले आज (बुधबार) दिउँसो १:३० बजे सिंहदरबारमा बस्नेगरि बैठक बोलाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेले विरोध जनाउन संसदीय दलको बैठक डाकेको जनाईएको छ ।

भारतको जम्मुबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रीतम सिंहको पुस्तक विमोचन क्रममा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएका थिए ।

एमालेले आज बस्न लागेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा पनि यो विषय जोडले उठाउने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077