Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आयरल्याण्डविरुद्ध नेपाललाई पहिलो झड्का, ओपनर भुर्तेल आउट

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भैरहेको खेलमा नेपाललाई पहिलो झड्का लागेको छ ।

आयरल्याण्डविरुद्धको खेलमा ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।

उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । नेपाल ८.१ ओभरमा २७ रन बनाएर खेल्दैछ ।

नेपाल समूह एबाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

नेपालले सातौं स्थानको प्ले अफ सेमिफाइनलमा यूएईलाई ३ विकेटले पराजित गर्दै आयरल्याण्डसँगको भेट पक्का गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077