Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी जिल्लाका नदीमा आज बाढीको उच्च सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं । आज पूर्वी नेपालका तीन जिल्लाका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

बाढी पूर्वानुमान महाशाखा आज ईलाम, झापा र पाचथर आसपास भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी क्षेत्र भई बहने नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

साथै मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, स्याङजा, पाल्पा, गुल्मी, अछाम, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र कञ्चनपुर आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

यी क्षेत्रका नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077