Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जंगली हात्तीले कुल्चिँदा ८० वर्षीया वृद्धाको मृत्यु

    जंगली हात्तीले कुल्चिँदा ८० वर्षीया वृद्धाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 885
    SHARES

    फाइल फोटो

    झापा । मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए ।

    पूजा गर्न फूल टिप्न जाने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चिएको थियो । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।



    झापामा ६ दिनअघि मात्र जंगली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ मा ५३ वर्षीय गिरेन कर्मकारलाई जंगली हात्तीले कुपल्चँदा उनको मृत्यु भएको थियो ।



    डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गएको जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार