Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने कम्बोडियाको निर्णय

नोमपेन । कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरिएको बताएका हुन् ।

उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भनेका छन्, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन । तर, देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन ।”

हुन सेनले निर्वासित राजनीतिक विरोधीले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077