Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री थापाले भने - कांग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न तयार छु

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने बताएका छन् ।

कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए । महामन्त्री थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताए ।

महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दावी समेत गरे ।

महामन्त्री थापाले भने, ‘संसारमा एउटा त्यस्तो देश मलाई बताइदिनुस्, जुन देशमा व्यक्ति, एउटा नेता ५ पटक, ६ पटक प्रधानमन्त्री भएको होस् । कहीँ हुँदैन । कुनै डेमोक्रेसीमा हुँदैन । नेपालमा आज कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीको नेताहरु खासगरी पार्टीहरु जमेको पोखरी जस्तो भयो ।’

महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे । दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाई थियो ।

महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077