Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

मुग्लिन । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिबाट सञ्चालनमा आएको हो। अहिले उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको बताईएको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भएको थियो।

चौबीस घन्टाभन्दा बढी समयदेखि सडक अवरुद्ध हुँदा सो सडक हुँदै यात्रा गर्ने धेरै यात्रुहरु अलपत्र भएका थिए।  बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077