Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आक्रमणको प्रयास भएपछि योगेशको प्रतिक्रिया - निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन

काठमाडौं । एमाले सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

बिहीबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने क्रममा इलामबजारमा पहिचानवादीले कालो झन्डा देखाएर अवरोध गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने भन्दै आफूहरु संवादको लागि तयार रहेको उनको भनाइ छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’

इलाममा आयोजित उक्त कार्यक्रममा सहभागी हुन पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077