Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण, समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समलिङ्गी विवाहले पारिवारिक झमेला एवं सामाजिक विकृति निम्त्याउने टिप्पणी गरेका छन् । बिहीवार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले समलिङ्गी विवाह दर्ताका सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको बताए । ‘समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कारविपरीत छ’, उनले लेखेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077