Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेवा खोलामा राखिएको ह्युम पाइप बगेपछि पुनः यातायात ठप्प

पाँचथर । पानीको सतहले डाइभर्सन पार गरेपछि पाँचथरको फिदिम–४ र हिलिहाङ–७ जोड्ने हेवा खोलामा पुनः यातायात अवरुद्ध भएको छ ।

असार ३ गते आएको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको हेवापारिको पाँचथर र ताप्लेजुङ जिल्लालाई सडक सञ्जालले जोड्न सडक डिभिजन कार्यालयले तीनदिन लगाएर गरेर खोलामा डाइभर्सन बनाएको थियो ।

हृयुम पाइपमार्फत पानी तर्काएर बनाइएको डाइभर्सन सफल भएसँगै मंगलबार अपरान्हदेखि सुरु भएको मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड २४ घण्टा नबित्दै पुनः अवरुद्व भएको हो ।

हेवा खोलाको उद्गम विन्दु फालेलुङसँगै विभिन्न स्थानमा राति पानी परेपछि खोलामा सतह बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077