Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार प्रतिनिधिद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना

काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले आइतबारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि धर्ना दिईरहेका छन् ।

संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यावस्था नै खारेज गरेको भन्दै संघले धर्ना दिएको हो ।

देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेदेखि बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गरेका हुन् ।

भन्सार प्रतिनिधिले पटकपटक भन्सार विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाइ नगर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताएका छन् ।

भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेर सरकारले ३०० जनालाई सडकमा ल्याएको उनीहरुको आरोप छ । मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077