Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बजेट संशोधन हुनसक्दैन भन्ने अवधारणा परिवर्तन गरौं : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेश लेखकले बजेटमा कुनैपनि संशोधन हुनसक्दैन भन्ने अवधारणालाई अब परिवर्तन गरेर अगाडि जानुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहेका लेखकले बजेटसम्बन्धी व्यवस्था परिमार्जन हुनुपर्ने बताएका हुन्।

प्रमुख सचेतक लेखकले भने,'बजेटमा सदनमा कुनैपनि संशोधन हुनसक्दैन भन्ने अवधारणालाई अब परिवर्तन गरेर बजेटमाथि छलफल गरेर यसलाई परिमार्जन गरेर अगाडि जानुपर्छ भन्ने कुरा निवेदन गर्न चाहन्छ।'

सांसद लेखकले अब अर्को बजेट आउनुअघि नै बजेटसम्बन्धी व्यवस्थालाई परिमार्जन गरिसक्नुपर्ने बताए।

उनले बजेट व्यवस्था परिवर्तनका लागि यसका आधार,सीमा र कार्यविधिबारे गहिरो अध्ययन आवश्यक रहेको बताए। अरू देशका बजेट व्यवस्थाबारे पनि अध्ययन आवश्यक रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077