Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - रुखमा केही ऐजेरु पलाएको छ त्यसलाई मिल्काउनुपर्नेछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको टुप्पो सुकेको बताएका छन् ।

शनिबार आफ्नो चुनाव क्षेत्र काठमाडौं ४ मा आयोजित पार्टी कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले अहिले नेपाली कांग्रेसको टुप्पो सुकेको र रुखमा ऐजेरु पलाएको भन्दै छेउछाउका पात पतिंगर सोहोरेर फेरि मलजल गर्नुपर्ने बताए ।

महामन्त्री थापाले भने,‘रुखमा केही ऐजेरु पलाएको छ त्यसलाई मिल्काउनुपर्नेछ । हाम्रो टुप्पो सुकेको छ, त्यसलाई काँटछाँट गर्नुपर्नेछ । हावाहुरी आएको छ, पात पतिंगर जम्मा भएको छ । हावाहुरी आएर तर्सिनु हुँदैन । पात पतिंगतर बटुलौं । त्यसलाई मल बनऔं जरामा हालौं रुख अझै सर्लक्क उम्रन्छ ।’

नयाँ पार्टी आयो भनेर डराउन आवश्यक नभएको भन्दै थापाले २०६४ सालको उदाहरण दिए । त्यतिबेला माओवादीले नयाँ नेपालको नारा दिँदा काठमाडौं उपत्यकामा धेरै सिट जितेको भन्दै उनले त्यतिबेला कमजोर भएको कांग्रेस पुनः पछिल्लो चुनावमा ठूलो बनेको बताए ।

अहिले पनि कांग्रेस आत्तिन जरुरी नभएको भन्दै पार्टीको मूल्य मान्यता छाड्न नहुने धारणा राखे । कांग्रेसले सोच्ने तरिका बदल्नुपर्ने भन्दै थापाले महामन्त्रीका रुपमा आफू पनि बदलिन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077