Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – चित्त बुझेन भने गठबन्धन फेरिन्छ

    कांग्रेस महामन्त्री थापाले भने – चित्त बुझेन भने गठबन्धन फेरिन्छ

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका छन् ।

    शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । महामन्त्री थापाले गठबन्धन ठिक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताए ।



    महामन्त्री थापाले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने रु जाओस् न त सरकार । ५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ कि हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्यौँ । चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने बदलिन्छ ।’



    उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । थापाले सरकार छोड्नपरे पनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने बताए ।

    महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । महामन्त्री थापाले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिष्टहरु एकै ठाउँमा भएपनि कांग्रेसलाई फरक नपर्ने बताए ।

    उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गरे । महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली कांग्रेसलाई ल्याउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार