Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भित्रिएको नौ दिनपछि देशभर फैलियो मनसुनी प्रणाली, भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली आज शुक्रबारदेखि देशभर फैलिएको छ ।

महाशाखाले सरदर मितिभन्दा एक दिन ढिला नेपाल प्रवेश गरेको मनसुन ९ दिनपछि देशभर विस्तारित भएको नियमित बुलेटिनमार्फत् जनाएको हो ।

महाशाखाका अनुसार देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।

त्यस्तै मनसुन सक्रिय भएसँगै बाढीपहिरोको जोखिम हुने भएकाले सजगता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077