Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओखलढुंगाको बिलन्दुमा पहिरो : चार जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । ओखलढुंगाको चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । बिहीबार राति पहिरो जाँदा ३ घर बगाएपछि एकै परिवारका चारै जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार तीनवटा घर पहिरोले बगाएको छ । पहिरोमा एकजना अझै बेपत्ता रहेको बताइएको छ ।

अहिले पानी रोकिएको र उद्धार कार्य जारी रहेको उनको भनाइ छ । राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोली घटनास्थल पुगेर स्थानीयसहित उद्धारमा खटिएका थिए ।

उद्धारका लागि थप प्रहरी समेत जिल्लाबाट खटिएर घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077