Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी तीन केवलकारको टिकटमा सशस्त्र प्रहरी तथा आश्रित परिवारहरुलाई विशेष छुट

काठमाडौं । आइएमई ग्रुपद्वारा सन्चालित केवलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकालि केवलकार र लुम्बिनी केवलकारमा सशस्त्र प्रहरी बल तथा आश्रित परिवारहरुले केवलकारको टिकट मूल्यमा २० प्रतिशत छुट पाउने भएका छन् ।

आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केवलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार, बाहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपी एफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केवलकार टिकट मूल्यमा २० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कडेंल र मौलाकाली तथा लुम्बिनी केवलकारका तर्फबाट कम्पनीका प्रतिनिधी रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक संजिव थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077