Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुःख व्यक्त गरेको छ ।

दुर्घटनामा सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको हो । उनको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको छ र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको पार्टीले जनाएको छ ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेस बझाङका पूर्व जिल्ला सभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुःखीत र मर्माहत बनाएको छ । स्वर्गीय सिंहले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु । साथै, दुर्घटनामा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

लामो समयसम्म कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर सिंहले काम गरेको स्मरण गर्दै कांग्रेसले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सिंहले सक्रिय भूमिका निर्वाह गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी शोक विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077