Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहसहित ४ को अवस्था गम्भीर

धनगढी । सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह गम्भीर घाइते भएका छन् ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र- ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो ।

कानुनमन्त्री जयपृथ्वी बहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह, बुहारी नाता पर्ने जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङ प्रहरीले जनाएको छ ।

चालक धर्मराज जोशीको अवस्था माध्यम रहेको छ । पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको छ । गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077