Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • इतिहासमा नयाँ राजनीतिक सुरूआत गरेका छौँ : नेत्रविक्रम चन्द

    इतिहासमा नयाँ राजनीतिक सुरूआत गरेका छौँ : नेत्रविक्रम चन्द

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 831
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द’विप्लव’ले विभिन्न चरणमा भएका आन्दोलन र क्रान्तिहरूका बाँकी सपनाहरू पूरा गर्नका लागि समाजवादी मोर्चा बनेको बताएका छन् ।

    सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणासभामा बोल्दै महासचिव चन्दले यस्तो बताएका हुन् ।



    महासचिव चन्दले भने, ‘हामी चार राजनीतिक दलमा लामो छलफलपछि सबैको शुभेच्छा र चाहनाअनुरूपको समाजवादी मोर्चा घोषणाको मोडमा आइपुगेका छौँ । मुलुकलाई यो परिस्थितिबाट, यो संकटबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ । कुनै पनि मूल्यमा प्रतिगामी र पश्चगामीहरूलाई फाइदा उठाउन दिनुहुँदैन । यो संकटबाट मुलुकलाई मुक्त गर्नुपर्छ भनेर हामीले इतिहासमा एउटा नयाँ प्रयोग गरेका छौँ ।’



    महासचिव चन्दले प्रतिगामी र पश्चगामीहरूलाई रोक्नका लागि चार दलले समाजवादी मोर्चाको घोषणा गरेको बताए। उनले नेपालको राजनीतिक इतिहासमा यो नयाँ मोड र नयाँ राजनीतिक सुरूआत भएको दाबी गरे ।

    महासचिव चन्दले अझै पनि समाजमा व्याप्त असमानताको अन्त्य र अधिकारको सुनिश्चतता हुन नसकिरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार