Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किरातीले कोशी प्रदेशको नाम उल्लेख नगरेको भन्दै एमाले सचेतक बर्तौलाको नियमापत्ति

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेशको नाम नचिनेको भन्दै नियमापत्ति जनाएका छन्।

एमालेका सचेतक बर्तौलाले प्रदेशसभाबाट दुईतिहाइले पारित भएर आएको कोशी प्रदेश संघीय सरकारले अस्वीकार गरेको आरोप लगाएका हुन् ।

आइतबार प्रतिनिधि सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा विनियोजन विधेयक २०८० को खर्च शिर्षक र वार्षिक विकास पुस्तिकामाथि छलफल गर्ने कार्यसूची छ।

तर सांसदहरूलाई दिइएको पुस्तिकामा प्रदेशको नामहरू उल्लेख नगरी संख्या लेखिएको भन्दै बर्तौलाले नियमापत्ति जनाएका हुन्। सचेतक बर्तौलाले पर्यटन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गर्नका लागि वितरण गरिएको पुस्तकमा कोशी प्रदेश अस्वीकार गरेर प्रदेश १ राखिएको बताए ।

सचेतक बर्तौलाले भने, ‘संविधानको धारा २९५ को उपधार २ बमोजिमको व्यवस्था प्रतिकुल विषयमा हामी छलफल गर्न गइरहेका छौं । आजको कार्यसूचीमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल गरिरहेका छौं । हामी वार्षिक विकास पुस्तिकामा पनि छलफल गरिरहेका छौं । तर, यो पुस्तकमा नेपालको संविधानले दिएको अधिकारभन्दा बाहिर गएर केही विषय उल्लेख गर्नुभएको छ। हाम्रो संविधान र देशले प्रदेश १ चिन्दैन । प्रदेश २, ३, ४, ५, ६ भन्ने चिन्दैन।’

प्रदेश सभाको दुई तिहाईले नामकरण गरेपनि मन्त्रालयले अस्विकार गरेको उनको भनाई थियो। त्रुटि भएको भएमा त्यसलाई सच्याउनुपर्ने वा कार्यसूचीबाटै हटाउन समेत उनले माग गरेका थिए।

सभामुख देवराज घिमिरेले मन्त्री सुदन किरातीलाई समय दिएका थिए। उनले रोष्ट्रमबाट उक्त कुरा त्रुटि भएको भन्दै सच्याउने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077