Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्माले भने- नयाँ दल खहरेको भेलजस्तै हुन्, कांग्रेसले आत्तिनु पर्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस रूपान्तरण गर्न राष्ट्रव्यापी अभियान शुरू गर्ने बताएका छन्।

शनिवार प्रेस युनियन ललितपुरको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले छिट्टै कांग्रेस रूपान्तरको अभियान शुरू हुने बताएका हुन् ।

महामन्त्री शर्माले भने, 'छिट्टै कांग्रेस रूपान्तरणको राष्ट्र व्यापी अभियान शुरू गर्छौं । कांग्रेस सङ्लिनु र तङ्ग्रिनुको विकल्प छैन ।अब ठूलो राजनीतिक परिवर्तन गर्नु छैन । कांग्रेसले साना(साना कुराको नेतृत्व लिन्छ । विरक्तिएका मतदाता र शुभेच्छुकलाई कांग्रेसमा फर्काउँछौँ । नयाँ दलबाट आत्तिनु पर्दैन । नयाँ दल खहरेको भेलजस्ता हुन् । आउँछन्- जान्छन् । कांग्रेस रहिरहन्छ ।'

अब विरक्तिएका मतदाता र शुभेच्छुकलाई कांग्रेसमा फर्काउने उनले बताए । नयाँ उदायका दलहरू खहरेको भेलजस्तै भएको भन्दै उनीहरूबाट आत्तिनु नपर्ने उनले बताए ।

दशैँअगाडिनै कांग्रेसको नीति महाधिवेशन हुने उनले बताए । छिट्टै कांग्रेसका रिक्त विभागले समेत पूर्णता पाउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077