Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय तीर्थयात्रीको नारायणीमा डुबेर मृत्यु

चितवन । भारतको अयोध्याबाट नेपालका विभिन्न धार्मिकस्थलको भ्रमण गर्न आएका एक युवकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१ देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा २२ वर्षीय प्रदीप शर्माको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज मध्यान्ह १२ः४५ बजेको समयमा नदीमा डुबेका शर्माको शव १ः२५ बजे पाँच सय मिटर तल फेला परेको छ ।

देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077