Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पर्यटनमन्त्री किराँती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

भारतीय राजदूत श्रीवास्तवले मन्त्रालयमै पुगेर शुक्रबार पर्यटनमन्त्री किराँतीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा हवाईरुट तथा भैरहवा विमानस्थलमा आइएलएस संचालनबारे छलफल भएको बताईएको छ ।

साथै मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हालै सम्पन्न भारत भ्रमण सफल बनाउन भारतीय दुतावासले खेलेको भूमिकाप्रति आभार समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077