झापा । झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले केन्द्रीय छानबिन समिति गठन गरेको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको हो ।
मेचीनगर नगरपालिका-४ स्थित नेपाल भारत सीमा नकलबन्दामा मंगलबार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ।
त्यस घटना बाहिरिएपछि सशस्त्र प्रहरीले एआइजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
एआइजी गौतम प्रधान कार्यालय कार्य विभाग प्रमुख समेत छन् । समितिलाई यथाशिघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ।
Leave a Reply