Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ड्युटीमा खटिएका सशस्त्रका हवलदारलाई इन्स्पेक्टरले निर्घात् कुटपिट गरेपछि...

झापा । ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवलदारलाई सशस्त्रका इन्स्पेक्टरले निर्घात् कुटपिट गरेका छन् ।

झापाको मेचीनगर सीमा नाकामा ड्युटीमा खटिएका पाँचजना हवलदारलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईले कुटपिट गरेका हुन् ।

इन्स्पेक्टर राईको कुटपिटबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नकलबन्दामा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवलदार पासाङ तामाङ, सशस्त्र प्रहरीका हवलदारहरु गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशी घाइते भएका छन्।

उनीहरुलाई इन्स्पेक्टर राईले पानीमा डुबाउँदै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका थिए । घाइतेहरूको धुलाबारीस्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बास्तोलाले सो नाकाबाट सामान गएको भन्दै बर्दीधारी सशस्त्रका हवलदारहरूलाई कुटपिट गरेका थिए ।

बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बास्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077