Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

यसअघि सभामा भाग लिँदै प्रदेशका मुख्यमन्त्री शाहले मानसखण्ड र खप्तड सम्मेलनले सुदूरपश्चिमका पर्यटकीय तथा धार्मिक क्षेत्रको पहिचान गर्न सहज भएको बताए।

सिकलसेलको निःशूल्क परीक्षण तथा उपचार हुनुपर्छ भनेर सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराए । साथै उनले उर्जा क्षेत्रलाई अगाडि बढाउन चाहेको भन्दै विशेष महत्त्व दिएर काठमाडौंमा रहेका विज्ञहरुसँग छलफल चलाएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077