Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापा भन्छन् - एमालेमा ज्ञान लिन केपी 'बा', रास्वपामा भगवान रवि

मकवानपुर । कांग्रेस महामन्त्री गगन थापाले एमालेमा ज्ञान लिन केपी ओली र नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा भगवान (रवि लामिछाने) मात्रै भएको टिप्पणी गरेका छन् ।

मकवानपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् । उनले कांग्रेससँग ज्ञान लिन थुप्रै ठाउँ भए पनि एमाले र रास्वपामा त्यस्तो नभएको बताए ।

‘एमालेको कार्यकर्तालाई समस्या भयो भने बालकोट जान्छ । किनकी ज्ञान दिन केपी बा हुनुहुन्छ । अरु ठाउँ छैन’ गगनले भने, ‘नयाँ पार्टीमा मान्छे छैन, भगवान छ । कार्यकर्ताले भगवानलाई सोध्नुपर्छ । के गर्ने होला भगवानले भन्छन् ।’

तर कांग्रेसमा ज्ञान लिन, प्रश्नको उत्तर खोज्न तल्लो तहका कार्यकर्ता र शुभेच्छुक भएको भन्दै ज्ञान पनि कार्यकर्ताबाटै पाइने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077