Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोंगबुस्थित एक होटलमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । काठमाडौंको एक होटलमा युवायुवती मृत फेला परेका छन्।

टोखा नगरपालिका-९स्थित गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपालमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृतक गोरखा शहीद लखन गाउँपालिका-१ घर भएका २१ वर्षीय दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौलीकी २६ वर्षीया मुस्कान वयक छन्।

उनीहरू उक्त होटलको दोस्रो तलामा रहेको १०५ नम्बरको कोठामा मृत फेला परेका हुन्। दिनेश शौचालयभित्र चुकुल लगाएर र मुस्कान कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मुचुल्का उठाएर प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको परिसरले जनाएको छ। शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077