Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अखण्ड भारतको नक्साबारे नेपालले भारतसंग कुरा गर्नूपर्छ : बाबुराम भट्टराई

काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले नेपाल ऋणको पासोमा पर्न थालिसकेको निश्कर्ष निकालेको छ ।

अध्यक्ष डा.भट्टराईले आज केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै बजेटमा पुँजीगत खर्चको अंशभन्दा ऋणको साँवा ब्याजको भार बढी हुनुले मुलुक ऋणको पासोमा परिसकेको संकेत गर्ने निश्कर्ष निकालेका हुन् ।

केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले विभिन्न समसामयिक प्रस्ताव पारित गर्दै भारतले राखेको उक्त नक्साबारे कूटनीतिक पहलबाट समस्याको हल खोज्न पनि सरकारसँग माग गरेको छ ।

बैठकले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशिघ्र सम्पन्न गर्न माग गरेको छ ।

द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्ने प्रयास भएको भन्दै नेपाल समाजवादी पाटीले रेशम चौधरीलाई राष्ट्रपतिले माफी मिनाहा गरेकामा भने खुशी व्यक्त गरेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई विफल तुल्याउन विभिन्न षड्यन्त्र भइरहेको बताउँदै नेपाल समाजवादी पार्टीले संविधान बमोजिम सबै नेपालीले सहज रुपमा नागरिकता पाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077