Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वीमिङ पुलमा डुबेर पोखरामा एकजनाको मृत्यु

पोखरा । पोखरामा स्वीमिङ पुलमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा शनिबार डुबेर १० वर्षे एनेक्स थापाको मृत्यु भएको हो ।

पौडी खेल्दा डुबेर घाइते भएका उनको दीप अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार सवा ७ बजे चिकित्सकद्वारा थापालाई मृत घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077