Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद अमरेशविरुद्व सर्लाही प्रशासनमा उजुरी, शान्ति सुरक्षाको माग

जनकपुरधाम । नेपाली कांग्रेसका कार्यकर्ता विकास ठाकुरले सुरक्षा ब्यवस्था मिलाइदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीमा उजुरी दिएका छन् ।

स्वतन्त्र सांसद अमरेश कुमार सिंहबाट आफू र आफ्नो परिवार असुरक्षित रहेकोले सुरक्षा ब्यवस्था मिलाइदिन ठाकुरले माग गरेका हुन् ।

सांसद सिंहले अकुत सम्पत्ति कमाएको भन्दै छानविन गरी कारबाही गर्न उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ठाकुरले केहि दिन अगाडि उजुरी दिएका थिए ।

त्यसपछि सांसद अमरेशले सुनियोजित रुपमा आक्रमण गर्न लगाएको भन्दै ठाकुरले शुक्रबार सांसद सिंहविरुद्व उजुरी दिएका हुन् ।

बिहीवार राति मलंगवाबाट घर जाने क्रममा तीन मोटरसाइकलमा चढेका ६ जनाले आफूलाई पिछा गरेर गम्हरीया र सलमपुरको बीचमा आक्रमणको प्रयास गरेको ठाकुरले उजुरीमा उल्लेख गरेका छन् । 'म विरुद्ध गरिएका यस किसिमका क्रियाकलापले म आफु सुरक्षित नभएको अनुभुति भएको छ । त्यसैले म र मेरो घरपरिवार उचित सुरक्षा व्यवस्था मिलाई दिनु हुन अनुरोध गर्दछु', उजुरीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077