Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्रोत नखुलेको १४ लाख नगदसहित नेपालगन्जबाट उमाकन्त पक्राउ

नेपालगन्ज । सशस्त्र प्रहरी बलको नम्बर ३० गण बाँकेले स्रोत नखुलेको १४ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डुडुवा गाउँपालिका-४ साहपुरूवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्ता रहेका छन् ।

गुप्तालाई नेपालगन्ज उपमहानगरपालका-१६ चौलिका चोकबाट पक्राउ गरिएको हो ।

गुप्ताबाट भे ६ प ३७४६ नम्बरको मोटरसाइकल र १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँ बरामद गरेको छ।

सशस्त्र प्रहरी बलको नम्बर ३० गण बाँकेले उनलाई फेला परी चेक गर्दा उक्त रकमसहित पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077