Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न सक्दैन : गगन थापा

मोरङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेक कसैले खोस्न नसक्ने बताएका छन् ।

विराटनगर पुगेका महामन्त्री थापाले लिम्पियाधुरा र लिपुलेक कसैलाई खोस्न नदिने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘लिम्पियाधुरा, लिपुलेक नेपालले साट्ने लगायतका विकल्पमा सोचेर आफ्नो पोजिसन कमजोर पार्ने कुनै कारण छैन् । नेपाल भूपरिवेष्ठित देश भएकाले बंगलादेश जाने बाटो पाउने अन्तर्राष्ट्रिय अधिकार कसैले हनन गर्न पाउँदैन ।’

महामन्त्री थापाले लिपुलेक र लिम्पियाधुरा भारतले छोड्नु पर्ने र बंगलादेश जाने बाटो दिनुपर्ने बताए ।

महामन्त्री थापाले भारतले आफ्नो सांस्कृतिक नक्सा जारी गरेर नेपाल समेट्न सक्छ भने नेपालले पनि ग्रेटर नेपालको सांस्कृतिक नक्सा जारी गर्ने अधिकार प्रयोग गर्ने बताए ।

थापाले अहिलेको गठबन्धनमा सबभन्दा ठूलो दल कांग्रेस सरकारमा रहेकाले यो गठबन्धनको विकल्प खोज्नुपर्ने कुनै कारण र अवस्था नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077