Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद्‍बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

काठमाडौं । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा लैजाने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत ब्यापारसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषद्ले सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसद्मा पेश गर्न अनुमति दिएको हो ।

नेपाल र भारतका बीचमा सन २०१४ मै भएको विद्युत व्यापार सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको भारत भ्रमणका क्रममा नेपालको विद्युत बंगलादेश लैजान दिने सम्बन्धमा भारतीय पक्षसँग नेपाली पक्षले प्रस्ताव राखेको थियो ।

यस प्रस्तावमा भारत सकारात्मक भएसँगै मन्त्रिपरिषदले विद्युत व्यापार सम्बन्धी नयाँ विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077