Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पश्चिमी वायुको प्रभावले काठमाडौंसहित देशका केही स्थानमा वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण हाल काठमाडौं, म्याग्दी, बैतडीलगायत स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अहिले मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको हो ।

उनका अनुसार आज राति पनि कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना छ ।

वर्षाका कारण आज र भोलि पश्चिमी क्षेत्रमा तापक्रम केही घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077