Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको नीति महाधिवेशन भदौको अन्तिममा : महामन्त्री गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नीति महाधिवेशन भदौमा गर्ने बताएका छन् ।

काँग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामन्त्री थापाले महाधिवेशन भदौको अन्तिम साता गर्ने बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौ।’

नीति महाधिवेशनमार्फत कांग्रेस नयाँ कार्यक्रमका साथ जनतामाझ पुग्ने तयारी भइरहेको महामन्त्री थापाले बताए ।

१४ औं महाधिवेशन सकिएको ६ महिनापछि नीति महाधिवेशन गर्ने भनिए पनि नेतृत्व चयनका लागि झण्डै डेढ वर्षपछि गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077