Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - अब दाइले भनेर हुन्न, जनताले भने मात्रै टिकट दिइन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको मूल्यांकन गर्न विधि बनाउने काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

महामन्त्री थापाले कांग्रेसबाट निर्वाचित वडाध्यक्ष, गाउँपालिका प्रमुख र मेयरको मूल्याङ्कन गर्न विधि बनाईएको बताएका हुन् । जनप्रतिनिधिले गर्दै आएका कामकारबाहीबारे कांग्रेसले जनतासँग र सम्बन्धित पालिकाका कार्यकर्तासँग सोधेर मूल्यांकन गर्ने तयारी गरेको छ।

२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट टिकट पाएका ३२९ जनाले पालिका प्रमुख जितेका थिए।

महामन्त्री थापाले भने, ‘कांग्रेसबाट टिकट पाएर मेयर भएको व्यक्तिलाई अर्कोपटक मेयर उम्मेदवार बनाउने कि नबनाउने अब दाइले भनेर हुनेवाला छैन। मतदाता र जनताले भन्नुपर्छ । दाइको होस् कि दिदी-भिनाजुको मानिस होस् जनताले हुन्न भनेमा टिकट दिइँदैन । यस्तो पद्दती विकास गर्न सकियो भने मात्र पार्टी जनतामुखी हुन्छ, नेतामुखी हुन छाड्छ।’

अब हुने चुनावमा टिकट वितरण पनि नेताहरूले भनेर नभई जनताकै छनौटलाई प्राथमिकता दिने गरी काम अघि बढाइएको महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077