Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापा भन्छन् - भूभाग सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति गैर जिम्मेवार

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मित्रराष्ट्र भारत भ्रमणका क्रममा नेपाली भूभाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैर जिम्मेवार भनेका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरेका हुन् ।

उनले लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भूभाग रहेको समेत बताए ।

‘लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनधिकृतरुपमा कब्जा गरिरहेको छ। यो विषय कूटनीतिक वार्ताबाट टुङ्ग्याउनुपर्छ। संसद्, दलहरूसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्न सकिने खालको गैर जिम्मेवार अभिव्यक्ति दिनु‌ आपत्तिजनक छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077