Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले - पार्टी हित विपरीतका निर्णय अहिलेसम्म सहेँ, अब सहन्नँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने बताएका छन् ।

नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहन नसकिने बताएका हुन् ।

महामन्त्री थापाले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा कांग्रेस सभापति एक्लैले गरेको भन्दै अब त्यस्ता निर्णयमा सहेर नबस्ने बताए।

महामन्त्री थापाले ‘कांग्रेसलाई बदल्ने हो । कांग्रेसलाई नबदलीकन जस्ताको तस्तै राखेर विश्वास फर्किँदैन ।कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्‍यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो ।’

महामन्त्री थापाले कांग्रेसको यस्तै निर्णयले भोट पाए पनि विश्वास गुमाएको बताए । उनले कांग्रेस बदल्न नेता कार्यकर्ता बदलिनुपर्ने पनि बताए ।

महामन्त्री थापाले ती निर्णयहरू गर्नुअघि सभापतिले पार्टीमा कुनै छलफल नगरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077