Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कोशी प्रदेश सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस

विराटनगर । कोसी प्रदेशले आगामी आर्थिक बर्षको विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता पेस गरेको छ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०-०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको प्रस्ताव पेस गरेका हुन्।

बुधवारको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले पेश गरेको प्राथमिकता र सिद्धान्तमा कृषि क्षेत्रलाई पहिलो नम्बरमा राखिएको छ ।

साथै उनले रोजगारी सिर्जना, सङ्घीय शासन प्रणालीको सुदृढीकरण, योजनाबद्ध विकास लगायतलाई प्राथमिकतामा राखेको उल्लेख गरेका छन् ।

यस्तै, आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्दै प्रदेशको सबै जिल्लामा रहेका स्वास्थ्य पूर्वाधारको स्तरोन्नति एवं विकास र गर्ने पनि प्राथमिकता रहेका छन् ।

आजै देखि प्रदेश सभामा सरकारको तर्फबाट पेश भएको विनियोजन विधेयक २०८०को सिद्धान्त र प्राथमिकताको बारेमा छलफल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077