Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भिरबाट लडेर आठ महिनाकी गर्भवती महिला र २ वर्षका छोराको मृत्यु

काठमाडौं । धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ ।

घाँस काट्न गएकी १९ वर्षकी आठ महिनाकी गर्भवती अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङको मृत्यु भएको हो ।

घाँस काट्न जाँदा अप्सराले छोरालाई डोकोमा हालेर लैजाँदै गर्दा भिरबाट छोरा लडेपछि बचाउने क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

करिब दुई सय मिटर तल खसेका साजनको घटनास्थलमै मृत्यु भएको हो ।

गर्भवती अप्सरालाई गोठालाहरूले देखेपछि उद्धार गरि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको पेटमा भएको शिशुको पनि ज्यान गइसकेको र शवको पोस्टमार्टमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077