Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुम्बईलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा, उपाधिका लागि चेन्नईसँग भिड्ने

काठमाडौं । साविक विजेता गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

गएराति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिक पुगेको हो ।

गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । यसअघि पहिले ब्याटिङ गरेको गुजरातका शुभमन गिलले १ सय २९ रन बनाए ।

यो सिजनको आईपीएलमा उनको यो तेस्रो शतक हो । गुजरातले अब उपाधिको लागि भोलि चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077